१. परमेश्वरसँग कुरा गर्नु
पहिलो कदमचाहिँ परमेश्वरसँग कुरा गर्नु हो । ‘तपाईंले उहाँको विरुद्धमा विद्रोह गर्नुभएको र यसको परिणाम उहाँको दण्ड भोग्नु हो’ भनी उहाँसँग स्वीकार गर्नुहोस् । तपाईंको सट्टामा येशूले भोग्नुभएको मृत्युको निम्ति उहाँसँग क्षमा माग्नुहोस् । एक विद्रोहीबाट साँचो रूपमा परिवर्तन भएर तपाईं राजा येशूको अधीनमा जिउन सक्नुभएको होस् भनेर परमेश्वरसँग सहायता माग्नुहोस् । उदाहरणको लागि तपाईंले यस नमुनामा उल्लेख गरिएभैँ परमेश्वरसँग आफ्नो प्रार्थना— बिन्ती जाहेर गर्न सक्नुहुन्छ :
प्रिय परमेश्वर,
मलाई थाहा छ म तपाईंबाट स्वीकार गरिनको निम्ति योग्यको छैन । म, तपाईंले दिनुहुने अनन्त जीवनको दान पाउन योग्यको छैन । तपाईंको विरुद्धमा विद्रोह र बेवास्ता गरेकोमा म दोषी छु । मलाई तपाईंको क्षमादान चाहिएको छ, मलाई क्षमा गरिदिनुहोस्।
मैले क्षमा पाउन सकूँ भनेर, मेरो सट्टामा मर्नको निम्ति आफ्नो पुत्र पठाइदिनुभएको लागि धन्यवाद ! मैले नयाँ जीवन पाउन सकूँ भनेर ख्रीष्टलाई मृत्युबाट पुनरुत्थान गराउनुभएको लागि धन्यवाद !
मलाई क्षमा गरिदिनुहोस् र मलाई परिवर्तन गरिदिनुहोस् ताकि; म मेरो राजा येशूसँग जिउन सकूँ । आमेन ।
२.येशूमा समर्पित हुनुहोस्
यो दोस्रो चरण पहिलो चरणको निरन्तरतामा आउँदछ । तपाईंले प्रार्थनामा व्यत्त गर्नुभएभैँ, अब प्रार्थनालाई तपाईंको व्यवहारमा अभ्यास गर्न सुरु गर्नुहोस्— अर्थात् येशू तपाईंको राजासँगै जिउनु ।
जीवनमा धेरै क्षेत्रहरू हुन्छन् जसमा साँचो परिवर्तनको खाँचो हुन्छ । तपाईंमा पुराना विद्रोही बानीहरू हुन सक्छन् जसबाट तपाईंले छुटकारा पाउनुपर्छ (जस्तैः लोभ, रिस, स्वार्थी चाहना इत्यादि), तर परमेश्वरलाई आदर र महिमा दिने जीवन हुनुपर्दछ (जस्तैः उदार–चित्त, दयालु भावना, प्रेम, धैर्य इत्यादि) ।
यो दोस्रो चरण तपाईंको जीवनकालभरि नै निरन्तर जारी रहन्छ तर परमेश्वरले तपाईंलाई निरन्तर मद्दत गर्नुहुनेछ । वचन पढ्नुहुँदा परमेश्वर तपाईंसँग निरन्तर बोल्नुहुनेछ; तपाईंले प्रार्थना गर्नुहुँदा उहाँले सुन्नुहु र तपाईंलाई मद्दत गर्नुहुनेछ; तपाईंभित्र बास गर्नुहुने उहाँको आत्माले तपाईंलाई सशत्तीकरण गर्नुहुनेछ । उहाँको तरिकाले जिउन तपाईंलाई मद्दत गर्नको निम्ति उहाँले नै साँचो परिवर्तन ल्याउनुहुनेछ ।उहाँले तपाईंको वरिपरि अरू ख्रीष्टियानहरू पनि राखिदिनुहुन्छ जोसँगको नियमित जमघटले तपाईंलाई थप उत्साह मिल्नेछ ।
यो दोस्रो चरणचाहिँ येशूमा समर्पित भएर जिउनु हो, र उहाँ नै तपाईंको राजा हुनुहुन्छ भनी स्
3 . येशुमा भरोसा राख्नु
यो तेश्रो चरण पनि निरन्तर चलिरहन्छ । तपाईंले आफ्नो भरोसा ठीक ठाउँमा राखिरहनुपर्छ ।
केवल येशूको कारण (उहाँको मृत्यु र पुनरुत्थान) ले गर्दा नै तपाईंले क्षमा पाउन सक्नुहुन्छ र परमेश्वरसँग सही सम्बन्धमा आउन सक्नुहुन्छ । तपाईं चुक्न सक्नुहुन्छ र फेरि उही गल्ती दोहोऱ्याउन पनि सक्नुहुन्छ, यसैकारणले गर्दा तपाईं बारम्बार यो कुरामा फर्किनुपर्ने हुनसक्छ; किनकी तपाईंले परमेश्वरको तरिकाले जिउन सुरु गर्नुभएको छ । हामी सबैजना चुक्न सक्छौँ । हामीले निरन्तर येशूको क्रूसको मृत्युलाई हेर्नुपर्छ, कारण त्रुस नै हाम्रो क्षमाको एकमात्र आधार हो। हाम्रो क्षमाको निम्ति त्रुसभन्दा अर्को विकल्प छैन ।
हामीले केवल येशूमा भरोसा राख्नुपर्छ— येशू नै हाम्रो पापको क्षमादान र अनन्त जीवनको एक मात्र आधार हो । येशू बाहेक अर्को कुनै उपाय छैन । हामी उहाँमा भरोसा राख्न छोडेर अन्यत्र हेर्न सक्दैनौँ ।
यदि तपाईंले यी चरणहरू स्वीकार गर्नुभएको छ र त्यसै अनुसार निरन्तर जिउनुहुन्छ भने, तपाईंले निश्चय नै परमेश्वरले दिनुहुने क्षमादान पाउनुभएको छ । तपाईंलाई सम्पूर्ण रूपमा नयाँ जीवन दिइएको छ ।
यदि तपाईंले परमेश्वरलाई यसरी जवाफ दिनुभएको छैन भने, यसरी ढुक्क हुन सक्नुहुन्छ कि तपाईं परमेश्वरको न्यायकै अधीनमा रहिरहनुहुनेछ।
यो बाटोमा दुई विकल्पहरू छन् । जिउने केवल दुई तरिकाहरू छन् । हामी सबैले यो छनौटको सामना गर्नैपर्छ।