"*" indicates required fields

If you would like to talk to someone about living with Jesus as your ruler, fill out the form below and we will get in contact with you.

For sales enquiries, please email [email protected]. For copyright enquiries, please email [email protected].

Name*
5 + 7 = ?*
This field is for validation purposes and should be left unchanged.
1

परमेश्वर एकमात्र असल राजा र सृष्टिकर्ता


बाइबलले यसलाई कसरी राख्छ

“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं  महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने  सबै कुरा तपाईले नै सृष्टि गर्नुभएको हो, र तपाईकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो” (प्रका. 4:11)

ख्रीष्टियान विश्वासको आधारभूत सन्देशचाहिँ यही हो कि; केवल परमेश्वर नै सबै कुराहरूको जीवित शासक हुनुहुन्छ– उहाँ एक मात्र सत्य परमेश्वर हुनुहुन्छ ।अस्तित्वमा भएका सबै थोकहरूको प्रभु र राजा उहाँ नै हुनुहुन्छ । संसारमा शासन गर्ने मानवभैँ आफ्नै सेवा खोज्ने र संसारका शासकहरूभैँ भ्रष्ट उहाँ हुनुहुन्न । उहाँ असल र स्नेही शासक हुनुहुन्छ, जसले आफ्नो शासनको अधीनमा रहेको संसारलाई उद्धार–चित्तले जुटाउनुहुन्छ र न्यायसँग शासन गर्नुहुन्छ।

परमेश्वर नै सबै कुराको शासक हुनुहुन्छ कारण सबैथोक उहाँले नै बनाउनुभयो । हामी बसोबास गर्दैआएको यो असल र सुन्दर  संसार साथै अस्तित्वमा जेजति कुराहरू छन्‌ ती सबै कुराहरूको स्रोत र रचनाकार पनि उहाँ नै हुनहुन्छ। यो संसार उहाँकै हो । उहाँले संसार बसाल्नुभयो, र उहाँ नै संसारको मालिक हुनुहुन्छ ।

उहाँले हामीलाई पनि बनाउनुभयो ।

परमेश्वरले मानिस जातिलाई बनाउनुभयो र उहाँको असल संसारमा सबैभन्दा विशेष स्थानमा मानिसलाई राख्नुभयो । उहाँले हामीलाई यस संसारमा शासन गर्न र यसको रेखदेख गर्न आज्ञा सहित जिम्मेवारी र अधिकार दिनुभयो । त्यसैगरी मानिसले सृष्टिकर्ता परमेश्वरको आदर र आज्ञापालन गर्नु पर्ने थियो । परमेश्वरको उदारताको निम्ति केवल उहाँलाई मात्र धन्यवाद दिनुपर्ने थियो ।

सारांश
  • परमेश्वर नै संसारको राजा हुनुहुन्छ ।
  • उहाँले नै संसार सृष्टि गर्नुभयो ।
  • उहाँप्रति कृतज्ञ भई उहाँलाई आदर गर्दै, उहाँको असल संसारमा शासन गर्नका लागि हामीलाई बनाउनुभयो ।
परमेश्वरले यसरी संसारको सृष्टि गर्नुभयो। तर निश्चय नै संसारको अहिलेको अवस्था र हाम्रा अनुभवले सुरुको वास्तविकतासँग मेल खाँदैन। वास्तवमा भएको चाहिँ के हो त?
2

परमेश्वरको विरूद्धमा हाम्रो विद्रोह


बाइबलले यसलाई कसरी राख्छ

“हामी सबै भेड़ाझैं बरालिएका छौँ। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं..” (यशैया 53:6 क)

आज हाम्रो जीवनमा भएका र यस संसारका सब खराबीहरू मानिसको नियतपूर्वक छनोटका परिणामहरू हुन । सृष्टिको सुरुवातीदेखि नै मानिसले परमेश्वरलाई शासक रूपमा स्वीकार्न चाहेनन्‌ । परमेश्वरको आज्ञा विपरित आफ्नै तरिकाल जिउने निर्णय गरेर हामीले परमेश्वरलाई इन्कार गऱ्यौँ  ।

हामी सबैले हाम्रो जीवनमा यही गरेका छौँ ।

प्रायजसो समय हामी परमेश्वरलाई बेवास्ता गर्दछौँ र उहाँलाई हामीबाट टाढा राख्दछौँ । हामी हाम्रो जीवन आफ्नै रीतिले जिउँछौँ । परमेश्वरको असल कार्य र उहाँले प्रशस्त मात्रामा जुटाइदिनुभएको सम्पूर्ण कुराका निम्ति धन्यवाद दिँदै हामी जिउनुपर्ने हो, तर हामीले धन्यवाद दिएका छैनौँ । जसरी शासकको आज्ञाकारितामा आदर दिएर जिउनुपर्ने हो हामी त्यसरी जिउँदैनौँ । हामी हाम्रै इच्छा र प्राथमिकताअनुसार हिँड्‌छौँ । हामी हाम्रो मूल्यमान्यतालाई नै सबैभन्दा उत्तम ठानी त्यसअनुसार जिउँछौँ (जस्तैः धर्म, संसार वा यी दुवैको मिश्रण) ।

परमेश्वरको विरुद्धमा मानिसको यस विद्रोहको निम्ति एउटा बाइबलीय शब्द प्रयोग हुन्छ, “पाप” । हामी सबैले पाप गरेका छौँ— चाहे हामी कुनै धर्म मान्ने मानिसहरू हौँ वा कुनै धर्म नै नमान्ने होऔँ  ।

हामी ससाना “देवहरू” ले भरिएको संसारमा छौँ । हामी हाम्रा आफ्नै तरिकाले हिँडिरहेका छौँ  । हाम्रा स्वार्थी इच्छाहरूको निम्ति हामी संसार र मानिसहरूसँग भुक्छौँ । हाम्रा तरिका र इच्छाहरू काम लाग्दैनन्‌ ।

हाम्रो स्वशासनले केही फाइदा गर्दैन र हामीले नै त्यसको परिणाम भोग्नुपर्दछ । यसले, हाम्रा वरिपरिका अरू मानिसहरू र हामी बसोबास गर्ने यस संसारलाई क्षति पुऱ्याउँछ ।

सारांश
  • हाम्रो आफ्नै तरिकाअनुसार हिँडेर हामीले परमेश्वरलाई हाम्रो शासकको रूपमा इन्कार गरेका छौँ ।
  • परमेश्वरको विरुद्ध विद्रोह गरेर, हामीले आफैँलाई, अरू मानिसहरूलाई र यस संसारलाई क्षति पुऱ्याएका छौँ
यहाँ प्रश्न यो हो कि : परमेश्वरको विरूद्धमा भएको हाम्रो विद्रोहलाई परमेश्वरले के गर्नुहुन्छ ?
3

परमेश्वर को न्याय


बाइबलले यसलाई कसरी राख्छ

“जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ” (इब्रा. 8:27)

अरु सबै असल शासकहरूले जसरी नै परमेश्वरले पनि हाम्रो विद्रोहलाई गम्भीर रूपमा लिनुहुन्छ । परमेश्वरको विरुद्धमा गरेका अनादर, अरु मानिसहरूप्रतिको खराब व्यवहार र यस संसारमा पुऱ्याएको क्षति इत्यादिको निम्ति परमेश्वरले ह

अर्को शब्दमा, परमेश्वरले हामीलाई सधैँभरि विद्रोही भएर रहन दिनुहुनेछैन । परमेश्वरको निम्ति त्यो अन्यायपूर्ण हुन्छ ।

हाम्रो विद्रोहको सट्टामा परमेश्वरले गर्नुभएको न्यायलाई मानिसको मृत्युको वास्तविकतामा हामी अनुभव गर्दछौ। मानवजातिले परमेश्वरलाई इन्कार गर्नुको परिणामस्वरूप आज संसारमा भ्रष्ट, पतन र मृत्यु इत्यादि कुराहरू छन्।

तर हामीले अर्को न्यायको पनि सामना गर्नुपर्छ । हरेक मानिसले एक दिन परमेश्वरको अघि उभिएर आफ्नो खराबी र परमेश्वरलाई इन्कार गरेकोमा लेखा दिनुपर्नेछ  ।

त्यो दिन हामीले खोजेका जवाफ उहाँले दिनुहुनेछ; हामी जुन कुराको निम्ति योग्य छौँ त्यहीअनुरूप उत्तर पाउनेछौँ— र त्यो हो परमेश्वरबाट अनन्तको निम्ति अलग पारिनु । परमेश्वरले हामीलाई सधैँको निम्ति त्याग्नुहुनेछ परमेश्वर जीवन र सबै असल थोकहरूको स्रोत हुनुहुन्छ, तर हामी उहाँबाट त्यागिनु भनेको विनाश हो र त्यो अनन्तको निम्ति हुनेछ ।

परमेश्वरको न्यायमा पर्नु भनेको एक भयानक र डरलाग्दो परिणाम भोग्नु हो । हामी सबैले परमेश्वरको न्यायको दिनको सामना गर्नुपर्नेछ, किनकी हामी सबै जना परमेश्वर विरुद्धको विद्रोहको दोषी ठहरिएका छौँ ।

सारांश
  • परमेश्वरले हामीलाई उहाको विद्रोह गरिरहन दिनुहुनेछैन
  • विद्रोहको परिणाम भनेको परमेश्वरबाट आउने मृत्यु र न्याय हो
यो सुन्दा नै कति डरलाग्दो छ। यसको अर्थ हामी सबैजना गहिरो समस्यामा छोँ । तर यो नैं मानव इतिहासको (कथा को) अन्त्य भने होइन।
4

परमेश्वरले हाम्रो निम्ति मर्न येशुलाई पठाउनुभयो


बाइबलले यसलाई कसरी राख्छ

“हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौँ। र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ” (यशैया 53:6)

अधर्म – गलत कामहरू, दोष

परमेश्वरले आफूले सृष्टि गर्नुभएको संसारलाई प्रेम गर्नुहुन्छ, त्यसैगरी उहाँले हामीलाई पनि प्रेम गर्नुहुन्छ । परमेश्वरले उहाँ विरुद्धको हाम्रो विद्रोहको परिणाम स्वरूप, सधैँको निम्ति कष्ट भोग्न हामीलाई छोड्‌नुभएन। परमेश्वरले हामीलाई बचाउनको निम्ति आफ्नो पुत्रलाई पठाउनुभयो : उहाँ येशू ख्रीष्ट हुनुहुन्छ— जो मानिसको रूप धारण गरेर यस संसारमा आउनुभयो ।

हामीले जसरी ख्रीष्टले परमेश्वरको विरुद्धमा विद्रोह गर्नुभएन । उहाँ सधैँ परमेश्वरको अधीनमा जिउनुभयो, उहाँले परमेश्वरको आदर गर्नुभयो र हरेक परिस्थितिको धन्यवाद दिँदै सबै कुरामा आज्ञाकारी भएर जिउनुभयो । उहाँकुनै  पनि कारणले परमेश्वरको न्यायको योग्य हुनुहुन्थेन । उहाँ मर्नुपर्ने कुनै कारण थिएन ।

तैपनि प्रभु येशू मर्नुभयो । येशूसँग रोगीलाई चङ्गाई गर्ने, र मृतकलाई जीवित पार्ने ईश्वरीय शत्ति भए तापनि, उहाँले आफैँलाई रोमीहरूको हातबाट क्रूसमा भुन्ड्‌याइने मृत्युदण्डबाट रोक्नुभएन । किन ?

एक असाधारण खबर त यो हो कि— येशू विद्रोही मानिसहरूको सट्टामा मर्नुभयो । उहाँले हाम्रो न्याय, अर्थात्‌ हामीले पाउनुपर्ने दण्ड बोक्नुभयो र हाम्रो सट्टामा त्रुसमा मर्नुभयो । विद्रोहको दण्ड नै मृत्यु हो, र उहाँ हाम्रो ठाउँमा उभिनुभयो र त्रुसमा मर्नुभयो ।

हामीले परमेश्वरलाई इन्कार गऱ्यौँ, तर उहाँको महान्‌ प्रेमको कारण परमेश्वरले आफ्नो पुत्रलाई हाम्रो सट्टामा मर्नको निम्ति पठाउनुभयो । ख्रीष्टको यो प्रेमको निम्ति हामी योग्यका थिएनौँ

सारांश
  • परमेश्वरको प्रेमको कारणले, उहाँको पुत्रलाई यस संसारमा पठाउनुभयो : येशू ख्रीष्ट— जो मानिस भएर आउनुभयो ।
  • येशू सदा परमेश्वरको शासनको अधीनमा जिउनुभयो ।
  • येशूले हाम्रो मृत्युको सट्टाम मरेर हाम्रो दण्ड लिनुभयो।
त्यतिमात्र होइन ।
5

येशु पुनरूत्थान हुनुभएको शासक र उद्धार कर्ता हुनुहुन्छ


बाइबलले यसलाई कसरी राख्छ

“परमेश्वर र हाम्रा प्रभु येशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ ! उहाँको महान् कृपाले मृतकबाट येशु ख्रीष्टको पुनरूत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं” (1 पत्रुस 1:3)

हाम्रो पापको मोल तिर्नका लागि परमेश्वरले येशूको मृत्युलाई स्वीकार गर्नुभयो, र उहाँलाई मृत्युबाट पुनरुत्थान गर्नुभयो । येशूले मृत्युलाई जित्नुभयो र परमेश्वरको सृष्टिको शासक बन्नुभयो ।

परमेश्वरको सृष्टिको शासकको रूपमा, येशू यस संसारको न्यायकर्ताको रूपमा नियुत्त हुनुभएको छ । जब उहाँ न्यायको दिनमा फेरि आउनुहुनेछ, उहाँले परमेश्वरको विरुद्धमा भएका हाम्रा सम्पूर्ण विद्रोहको लेखा लिनुहुनेछ ।

येशू परमेश्वरले नियुत्त गर्नुभएको राजा र शासक मात्र हुनुहुन्न; उहाँ न्यायको दण्डबाट छुटकारा दिनुहुने उद्धारकर्ता पनि हुनुहुन्छ । उहाँ हाम्रो सट्टामा मर्नुभएको कारण, उहाँले हामीलाई हाम्रा पापहरूबाट छुटकारा दिनभएको छ । ती पापहरूको मोल तिरिसकिएको छ । विद्रोही भएर होइन तर अब राजकीय मित्र जस्तै सबै कुराहरूको निम्ति उहाँलाई धन्यवाद दिँदै र उहाँको आदर गर्दै हामी परमेश्वरसँग पुनः नयाँ सम्बन्ध सुरु गर्न सक्नेछौँ ।

येशूले दिनुहुने यो जीवनमा, परमेश्वर स्वयम्‌ हामीभित्र आत्मामा बास गर्नुहुन्छ । परमेश्वरसँगको नयाँ सम्बन्धको आनन्द हामीले अनुभव गर्न पाउनेछौँ ।

अब हामी ढुक्कसँग भन्नसक्छौँ कि; जब येशू उहाँको सम्पूर्ण महिमामा फेरि आउनुहुनेछ, हामी उहाँमा स्वीकार गरिन्छौँ— हामी यसको योग्यका त छैनौँ, तर उहाँले नै हाम्रा सबै दण्ड भोग्नुभयो र हाम्रो सट्टामा मर्नुभयो

सारांश
  • परमेश्वरले येशूलाई यस संसारको राजा र न्यायकर्ताको रूपमा  मृत्युबाट पुनरुत्थान गर्नुभयो ।
  • येशूले मृत्युलाई जित्नुभएको छ, अब उहाँले नयाँ जीवन र क्षमा दिनुहुन्छ । उहाँ फेरि सम्पूर्ण महिमामा आउनुहुनेछ।
हो, यसले हामीलाई कहाँ छोड्छरु यसले हामीलाई बाँच्ने दुई तरिकाहरू बीचको स्पष्ट छनौटको साथ छोड्छ।
6

जिउने दुई तरिकाहरू


बाइबलले यसलाई कसरी राख्छ

“जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ” (युहन्ना 3:36)

जिउने पहिलो तरिकाचाहिँ परमेश्वरको विरुद्धमा भएको हाम्रो विद्रोहलाई नै निरन्तरता दिइरहनु— उहाँलाई बेवास्ता गर्नु, र हाम्रो आफ्नै जीवनको सांसारिक बाटोमा दौडनु हो । यो दुःखद कुरा हो कि; आज प्रायजसो मनिसहरू यही छनोटलाई निरन्तरता दिएर जिइरहेका छन्।

अन्ततः यसरी जिउनुको परिणाम निश्चित छ र यो परमेश्वरबाटको उचित न्याय हुनेछ । हामीले परमेश्वरलाई इन्कार गर्नुको परिणाम दुखद अन्त्यमात्रै हुनेछैन तर अनन्तसम्मका लागि हामी उहाँबाट अलग पनि हुनुपर्नेछ ।

तर अर्को पनि जिउने तरिका छ । यदि परमेश्वरमा फर्कियौँ र उहाँको क्षमादानको निम्ति हामीली येशूमा भरोसा राख्यौँ भने, जुन येशू पुनरुत्थान हुनुभएको राजा र उद्धारकर्ता हुनुहुन्छ— सबैकुरा भिन्न हुनेछन्‌ ।

सङ्‌क्षिप्तमा भन्नुपर्दा, परमेश्वरले सबैकुरा शुद्ध गरिदिनुहुनेछ । हाम्रो पापी विद्रोहको मूल्य स्वरूप परमेश्वरले येशूको मृत्युलाई स्वीकार गरिसक्नुभएको छ, र उहाँले हामीलाई सम्पूर्ण रूपमा र सित्तैमा क्षमा गर्नुहुन्छ । परमेश्वरले हाम्रो हृदयमा उहाँको आत्मा खन्याउनुहुन्छ र विगतमा फैलिएको मृत्युदेखि छुटकारा दिएर अनन्त जीवनतर्फ डोऱ्याउनुहुन्छ । हामी उहाँको विद्रोही भनेर चिनिँदैनौँ, तर उहाँका परिवारका सदस्य बन्छौँ । अब हामी परमेश्वरको पुत्रसाग पुत्रसँग जिउँछौँ जो हाम्रो राजा हुनुहुन्छ ।

सारांश

जिउनका लागि केवल दुईवटा तरिका छन्‌ ।

हाम्रो जिउने तरिका

  • परमेश्वरलाई राजाको रूपमा स्वीकार नगर्नु अर्थात्‌ परमेश्वरको शासनलाई इन्कार गर्नु
  • हामी आफ्नै तरिकामा जिउँछौँ
  • हाम्रो विद्रोहको परिणामले क्षति निम्त्याउँछ
  • मृत्यु र न्यायको सामन गर्नुपर्छ

परमेश्वरको नयाँ तरिका

  • येशूलाई हाम्रो राजाको रूपमा स्वीकार गर्नु
  • येशूको मृत्यु र पुनरुत्थानमा भर पर्नु
  • परमेश्वरद्वारा क्षमा गरिएको
  • अनन्त जीवन पाउनु

त्यसो भए, तपाईं कुन तरिकामा जिउन चाहनुहुन्छ त ?

कसरी प्रतिउत्तर दिने?

तपाईं कुन तरिकाले जिउन चाहनुहुन्छ भन्ने प्रश्नमा तपाईँको उत्तर “हाम्रो तरिकाले” हो भनेचाहिँ, तपाईंले यस पुस्तिकामा बताइएको ख्रीष्टियान सन्देशको केही भाग वा सम्पूर्ण भागलाई नै विश्वास गर्नुभएको छैन भन्ने  अर्थ लाग्छ । हुनसक्छ, येशू मृत्युबाट पुनरुत्थान हुनुभएको कुरा वा हामी वास्तवमै परमेश्वरको विरुद्धमा विद्रोह गर्ने विद्रोहीहरू हौँ भनी तपाईं विश्वास गर्नुहुन्न होला ।

यदि त्यसो हो भने, यहाँबाट अघि बढ्‌नुभन्दा पहिले होसियार भएर विचार गर्नुहोस्‌ र थप अनुसन्धान गर्नुहोस्‌ । यदि तपाईं सुनिश्चित हुन सक्नुभएन भने यो सन्देश इन्कार गर्नसक्ने सम्भावना उच्च हुन्छ । तपाईंले येशूको जीवन र सेवकाइको बारेमा नयाँ करारमा भएका सुसमाचारका चारवटा पुस्तकहरू— मत्ती, मर्कूस, लूका र यूहन्नाबाट थप पढ्‌न सक्नुहुनेछ । यसको निम्ति तपाईंले कोही एकजना ख्रीष्टियान साथीसँग सहयोग माग्न सक्नुहुन्छ । (यदि तपाईंसँग बाइबल उपलब्ध छैन भने नजिकैको कुनै एक ख्रीष्टियान पुस्तक पसल वा तपाईंको नजिकै रहेको एक स्थानीय चर्चसँग सम्पर्क गर्न सक्नुहुनेछ अथवा यस।)

यद्यपि, तपाईं परमेश्वरको विरुद्धमा विद्रोह गर्ने पापी हुनुहुन्छ भनी तपाईंलाई थाहा छ र पश्चताप गरेर फर्किन चाहनुहुन्छ भने— परमेश्वरको तरिकाले कसरी जिउन सक्नुहुन्छ ?

यहाँ तीनवटा साधारण चरणहरू दिइएका छन्‌— कुरा गर्नु, समर्पित हुनु र भरोसा राख्नु  ।

१. परमेश्वरसँग कुरा गर्नु

पहिलो कदमचाहिँ परमेश्वरसँग कुरा गर्नु हो । ‘तपाईंले उहाँको विरुद्धमा विद्रोह गर्नुभएको र यसको परिणाम उहाँको दण्ड भोग्नु हो’ भनी उहाँसँग स्वीकार गर्नुहोस्‌ । तपाईंको सट्टामा येशूले भोग्नुभएको मृत्युको निम्ति उहाँसँग क्षमा माग्नुहोस्‌ । एक विद्रोहीबाट साँचो रूपमा परिवर्तन भएर तपाईं राजा येशूको अधीनमा जिउन सक्नुभएको होस्‌ भनेर परमेश्वरसँग सहायता माग्नुहोस्‌ । उदाहरणको लागि तपाईंले यस नमुनामा उल्लेख गरिएभैँ परमेश्वरसँग आफ्नो प्रार्थना— बिन्ती जाहेर गर्न सक्नुहुन्छ :

प्रिय परमेश्वर,

मलाई थाहा छ म तपाईंबाट स्वीकार गरिनको निम्ति योग्यको छैन । म, तपाईंले दिनुहुने अनन्त जीवनको दान पाउन योग्यको छैन । तपाईंको विरुद्धमा विद्रोह र बेवास्ता गरेकोमा म दोषी छु । मलाई तपाईंको क्षमादान चाहिएको छ, मलाई क्षमा गरिदिनुहोस्।

मैले क्षमा पाउन सकूँ भनेर, मेरो सट्टामा मर्नको निम्ति आफ्नो पुत्र पठाइदिनुभएको लागि धन्यवाद !  मैले नयाँ जीवन पाउन सकूँ भनेर ख्रीष्टलाई मृत्युबाट पुनरुत्थान गराउनुभएको लागि धन्यवाद !

मलाई क्षमा गरिदिनुहोस्‌ र मलाई परिवर्तन गरिदिनुहोस्‌ ताकि; म मेरो राजा येशूसँग जिउन सकूँ । आमेन ।

२.येशूमा समर्पित हुनुहोस्‌

यो दोस्रो चरण पहिलो चरणको निरन्तरतामा आउँदछ । तपाईंले प्रार्थनामा व्यत्त गर्नुभएभैँ, अब प्रार्थनालाई तपाईंको व्यवहारमा अभ्यास गर्न सुरु गर्नुहोस्‌— अर्थात्‌ येशू तपाईंको राजासँगै जिउनु ।

जीवनमा धेरै क्षेत्रहरू हुन्छन्‌ जसमा साँचो परिवर्तनको खाँचो हुन्छ । तपाईंमा पुराना विद्रोही बानीहरू हुन सक्छन्‌ जसबाट तपाईंले छुटकारा पाउनुपर्छ (जस्तैः लोभ, रिस, स्वार्थी चाहना इत्यादि), तर परमेश्वरलाई आदर र महिमा दिने जीवन हुनुपर्दछ (जस्तैः उदार–चित्त, दयालु भावना, प्रेम, धैर्य इत्यादि) ।

यो दोस्रो चरण तपाईंको जीवनकालभरि नै निरन्तर जारी रहन्छ तर परमेश्वरले तपाईंलाई निरन्तर मद्दत गर्नुहुनेछ । वचन पढ्‌नुहुँदा परमेश्वर तपाईंसँग निरन्तर बोल्नुहुनेछ; तपाईंले प्रार्थना गर्नुहुँदा उहाँले सुन्नुहु र तपाईंलाई मद्दत गर्नुहुनेछ; तपाईंभित्र बास गर्नुहुने उहाँको आत्माले तपाईंलाई सशत्तीकरण गर्नुहुनेछ । उहाँको तरिकाले जिउन तपाईंलाई मद्दत गर्नको निम्ति उहाँले नै साँचो परिवर्तन ल्याउनुहुनेछ ।उहाँले तपाईंको वरिपरि अरू ख्रीष्टियानहरू पनि राखिदिनुहुन्छ जोसँगको नियमित जमघटले तपाईंलाई थप उत्साह मिल्नेछ ।

यो दोस्रो चरणचाहिँ येशूमा समर्पित भएर जिउनु हो, र उहाँ नै तपाईंको राजा हुनुहुन्छ भनी स्

3 . येशुमा भरोसा राख्नु

यो तेश्रो चरण पनि निरन्तर चलिरहन्छ । तपाईंले आफ्नो भरोसा ठीक ठाउँमा राखिरहनुपर्छ ।

केवल येशूको कारण (उहाँको मृत्यु र पुनरुत्थान) ले गर्दा नै तपाईंले क्षमा पाउन सक्नुहुन्छ र परमेश्वरसँग सही सम्बन्धमा आउन सक्नुहुन्छ । तपाईं चुक्न सक्नुहुन्छ र फेरि उही गल्ती दोहोऱ्याउन पनि सक्नुहुन्छ, यसैकारणले गर्दा तपाईं बारम्बार यो कुरामा फर्किनुपर्ने हुनसक्छ; किनकी तपाईंले परमेश्वरको तरिकाले जिउन सुरु गर्नुभएको छ । हामी सबैजना चुक्न सक्छौँ । हामीले निरन्तर येशूको क्रूसको मृत्युलाई हेर्नुपर्छ, कारण त्रुस नै हाम्रो क्षमाको एकमात्र आधार हो। हाम्रो क्षमाको निम्ति त्रुसभन्दा अर्को विकल्प छैन ।

हामीले केवल येशूमा भरोसा राख्नुपर्छ— येशू नै हाम्रो पापको क्षमादान र अनन्त जीवनको एक मात्र आधार हो । येशू बाहेक अर्को कुनै उपाय छैन । हामी उहाँमा भरोसा राख्न छोडेर अन्यत्र हेर्न सक्दैनौँ ।


यदि तपाईंले यी चरणहरू स्वीकार गर्नुभएको छ र त्यसै अनुसार निरन्तर जिउनुहुन्छ भने, तपाईंले निश्चय नै परमेश्वरले दिनुहुने क्षमादान पाउनुभएको छ । तपाईंलाई सम्पूर्ण रूपमा नयाँ जीवन दिइएको छ ।

यदि तपाईंले परमेश्वरलाई यसरी जवाफ दिनुभएको छैन भने, यसरी ढुक्क हुन सक्नुहुन्छ कि तपाईं परमेश्वरको न्यायकै अधीनमा रहिरहनुहुनेछ।

यो बाटोमा दुई विकल्पहरू छन्‌ । जिउने केवल दुई तरिकाहरू छन्‌ । हामी सबैले यो छनौटको सामना गर्नैपर्छ।